कोरोना संक्रमण बढेपछि विज्ञहरुसँग छलफल गर्दे प्रधानमन्त्री ओली

कोरोना संक्रमण बढेपछि विज्ञहरुसँग छलफल गर्दे प्रधानमन्त्री ओली

२० श्रावण, काठमाण्डौँ । लकडाउन खुलेसँगै राजधानीसहित देशभर कोरोना संक्रमण बढेपछि सर्वसाधारण त्रासित भएका छन् । सरकार पनि यसको नियन्त्रण कसरी गर्ने भन्ने उपायको खोजीमा जुटेको छ ।

पछिल्लो समय कोरोना संक्रमण दर बढेपछि देशका प्रमुख शहरहरुमा निषेधाज्ञा, कफ्र्यु लगायतका उपाय लगाएपनि कोरोना संक्रमणको दर बढ्दो क्रममा छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आज ११ बजे कोरोना नियन्त्रणका लागि विज्ञहरुसँग सामूहिक परामर्श गर्नुहुने भएको छ । भयावह स्थिति आउनसक्ने चिन्ता बढेपछि सरकारले नियन्त्रणका लागि अपनाउनुपर्ने उपायबारे छलफल गर्दै रणनीति तय गर्न प्रधानमन्त्री ओलीले आज छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

सल्लाहकार थापाका अनुसार २० जना भन्दा धेरै विज्ञहरुसँग छलफल गर्न लागिएको हो ।

सरकारले गत चैत ११ बाट सुरु गरेको लकडाउन श्रावण ७ मा अन्त्यपछि नागरिकहरुले सुरक्षामापदण्डको वेवास्ता गर्दै आएका छन् । जसले गर्दा कोरोना संक्रमण समुदायस्तरमै पुगिसकेको कतिपयको भनाइ छ । तर सरकारले भने संक्रमण समुदायस्तरमा पुगिनसकेको दावी गर्दै आएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर