
१९ श्रावण, सुनसरी । खसी चोरेर लजादैँ गरेको अवस्थामा सुनसरीको धरानबाट ४ जना युवा पत्राउ परेका छन् ।
पक्राउ पर्नेहरु मोरङ बेलबारी नगरपालिका–११ का १९ बर्षीय रोशन पराजुली, सुन्दरहरैँचा नगरपालिका–७ का २९ बर्षीय डम्बर बहादुर मगर, इलाम माईजोगमाई गाउँपालिका–९ का २० बर्षीय विशाल गुरुङ र ताप्लेजुङ वाखो खोपातालका ३२ बर्षी विवेक तामाङ रहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
दुई वटा खसीहरु चरनबाट चोरी गरेर टेम्पोमा हालेर लगेको सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका चारैजना बिरुद्ध जिल्ला अदालत सुनसरीमा म्याद थप गरि कारवाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।-file photo.


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७