नेकपा कुनैपनि हालतमा फुट्दैनः सुवास नेम्वाङ

नेकपा कुनैपनि हालतमा फुट्दैनः सुवास नेम्वाङ

१९ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति हुने विश्वास दिलाउनुभएको छ ।

नेकपा कुनैपनि हालतमा नफुट्नेसमेत उहाँको दाबी छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनमा कुरा गर्दै नेता नेम्वाङले यस्तो बताउनुभएको हो ।

हिजो अध्यक्षद्धय ओली र प्रचण्डबीच भएको वार्ता पनि सकारात्मक भएको उहाँले बताउनुभयो । अध्यक्षद्धयबीचको छलफल र संवादले नै नेकपाको विवाद समाधान हुने पनि उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले आफू व्यक्तिनिकट भन्दापनि नेकपानिकट भएको जिकिर गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको साँढे दुई वर्षको कार्यकालमा ओलीले ईतिहासमा रहनेखालका काम गरेको पनि दाबी उहाँको दावि थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर