सुनसरीको रामधुनी नगरपालिका क्षेत्रमा २४ गतेसम्मका लागि लकडाउन घोषणा

सुनसरीको रामधुनी नगरपालिका क्षेत्रमा २४ गतेसम्मका लागि लकडाउन घोषणा


१८ श्रावण, सुसरी । कोरोना भाइरसको संक्रमण देखिएको भन्दै सुनसरीको रामधुनी नगरपालिका क्षेत्रमा लकडाउन गर्ने निर्णय गरिएको छ ।

रामधुनी नगरक्षेत्रको समुदाय उच्च जोखिममा भएकाले हिजो राति १२ बजेदेखि श्रावण २४ गतेसम्मका लागि अत्यावस्यकबाहेक नगर तथा वडाका सम्पुर्ण काम तथा हाटबजार र ब्यापार–ब्यवसाय बन्द गर्ने नगर कार्यपालिकाले निर्णय गरेको छ ।

साप्ताहिक बजारहरुमा भिडभाड बढ्दै गएको कारण बजारहरु बन्द गर्ने निर्णय भएको रामधुनी नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर