तीन दिनपछि नेकपा अध्यक्षद्वयबीच छलफल सुरु

तीन दिनपछि नेकपा अध्यक्षद्वयबीच छलफल सुरु

१८ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच तीन दिनको अन्तरालपछि छलफल पुनः सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयबीच छलफल सुरु भएको हो ।

एकपक्षीय रुपमा प्रधानमन्त्री ओलीले बैठक स्थगित गरेपछि गत साता प्रचण्डको अध्यक्षतामा स्थायी समिती बैठक बसेको थियो । सो अवधिभर अध्यक्षद्वयबीच भेटवार्ता भएको थिएन ।

पार्टीभित्रको आन्तरिक विवाद मिलाउन दुई नेताबीच आज पुनः छलफल सुरु भएको छ । उक्त छलफलमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी छन् ।

अध्यक्ष प्रचण्डले हिजोको एउटा कार्यक्रममा पार्टीभित्रको अहिलेको संघर्ष पदका लागि नभएर पार्टीको सुदृढीकरण र एकतालाई बलियो बनाउनका लागि भएको बताएका थिए । विगतको भन्दा प्रचण्ड अलि नरम भएपछि आजको लागि छलफलको वातावरण तयार भएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर