बामदेव गौतमबाट धोका भएको प्रचण्ड-माधव समुहको निष्कर्ष

बामदेव गौतमबाट धोका भएको प्रचण्ड-माधव समुहको निष्कर्ष


१८ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरीक विवाद्धलाई तत्काका लागि समाधान गर्न उपाध्यक्ष बामदेव गौतमले प्रस्ताव गरेको ६ बुंदे प्रस्ताव स्विकार्य नरहेको प्रचण्ड–माधव नेपाल समुहले बताएका छन ।

प्रचण्ड र माधव नेपाल आन्तरिक छलफल गर्दै भावी रणनीति तय गर्न लागेका छन् । राजीनामा माग्ने समुहका उपाध्यक्ष बामदेव गौतम ‘यु टर्न’ भई ओलीलाई फाइदा हुने गरी प्रस्तुत भएपछि प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल नयाँ रणनीति बुन्न सक्रिय भएका हुन् ।

स्रोतका अनुसार तीनै जना नेताहरुले उपाध्यक्ष गौतमबाट धोका भएको निष्कर्ष समेत निकालेका छन् । आन्तरिक बैठकमा नेता नेपालले गौतमबाट विगतमा पनि धोका भएको र फेरि धोका भयो भन्दै नेता अब पत्याउन नसकिने बताएका थिए । प्रचण्डले पनि गौतमले अघि बढाएको छ बुँदे प्रस्तावमा शंका व्यक्त गरेका छन् ।

ओलीलाई गलाउँदै लगिएको अवस्थामा एकाएक गौतमले छ बुँदे प्रस्ताव सारेर पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवैमा रहन दिने विषय उल्लेख गरेका थिए । उनले एउटा बुँदामा मात्र प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टीको सम्पूर्ण जिम्मेवारी दिने विषय राखेका थिए ।

प्रचण्डलाई फकाउन यो बुँदा राखिएको ओलीइतरको समुहको बुझाई छ । ओली यसमा सहमत भएका छन् । उनका निकटस्थले बामदेवको प्रस्ताव नै सहमतिको बिन्दु हुनसक्ने बताएबाट यो तयार गर्न ओली पक्षकै नेताहरु सक्रिय भएको प्रचण्ड र माधव समुहको निष्कर्ष छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर