१७ श्रावण, इलाम । इलाम सदरमुकाम स्थित सशस्त्र प्रहरी १ नम्बर गणमा कार्यरत थप १७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण फैलिएसँगै गणलाई सिल गरिएको छ । यसअघि गणमा कार्यरत १० जनामा कोरोना संक्रमण पुष्टि भएको थयो ।
गणमा हिजो ५ र श्रावणन ११ गते ५ जनामा पिसिआर रिपोर्ट पोजिटिभ देखिएको थियो । पोजिटिभ देखिएका सबै जनालाई मोरङको गोठगाउँस्थित आइसोलेसनमा पठाइएको गणका प्रमुख सुधीरजंग थापाले जानकारी दिनुभयो ।
क्याम्पमा रहेका जवानदेखि प्रहरी नायब उपरीक्षकसम्मलाई कोरोना पोजिटिभ देखिएको थापाले बताउनुभयो ।
गणलाई पूर्ण रुपमा सिल गरेर वाँकी ४३ जनाको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाउने तयारी भइरहेको बताईएको छ । संक्रमित कसैमा पनि कोरोनाको लक्षण भने देखिएको छैन ।