कम्युनिस्ट सरकारले कामको ‘मेसो’ नै पाएनन्ः रामचन्द्र पौडेल

कम्युनिस्ट सरकारले कामको ‘मेसो’ नै पाएनन्ः रामचन्द्र पौडेल


१७ श्रावण, काठमाण्डौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकारले कामको मेसो नै नपाएको बताउनुभएको छ । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पुष्पकमल दाहाल प्रचण्डले केही गर्न नसकेको भन्दै आफू भएको भए मुलुकका लागि कायापलट हुने गरी काम गर्न सक्ने बताउनुभएयो । मौका पाउने हो भने आफूले पाँचरदश वर्षमा मुलुकमा विकासको कायापलट हुने गरी काम गरेर देखाउने पौडेलको भनाई थियो ।

‘केपी–प्रचण्डले काम गर्ने मेसो पाएनन्, मौका पाएँ भने उनीहरूले भन्दा मैले काम गर्न सक्छु । पाँचरदश वर्षमा यो मुलुक कायापलट हुन्छ,’ नेता पैड्लले भन्नुभयो ।

उनले ओली, प्रचण्ड, माधव नेपाल, बामदेव गौतमको भन्दा देशका लागि आफ्नो योगदान धेरै भएको पनि उल्लेख गर्नुभयो ।

नैतिक र राजनीतिक रूपमा ओली–प्रचण्डसँग फेस गर्ने हिम्मत पनि आफूसँग रहेको पौडेलले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर