सांसद प्रदीप यादवसहित बीरगंजमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

सांसद प्रदीप यादवसहित बीरगंजमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

१७ श्रावण, पर्सा । पर्सा क्षेत्र नम्बर–१ का सांसद प्रदीप यादवसहित बीरगंजमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा सांसद प्रदिप यादव सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडीकल सुपरीटेण्डेन्ट डाक्टर मदन उपाध्यायले बताउनुभयो ।

अस्पतालका अनुसार संक्रमित हुने व्यक्तिरु १५ देखि ६८ वर्ष उमेर समूहका रहेका छन् । त्यसमा ३ जना महिला छन् ।

अस्पतालका सुपरीटेन्डेन्ट उपाध्यायका अनुसार सांसद यादवसहित उनका सवारी चालक र पिएसओ पनि संक्रमित भएका छन् ।

त्यसैगरी अन्य संक्रमित हुनेहरुमा नारायणी अस्पतालका चिकित्सक र कर्मचारी गरी २ जना, स्थानीय प्रशासन तथा बीरगंज महानगरपालीकाले चलाएको एक घर एक परीक्षण अन्तर्गतको मास टेष्टिङका क्रममा स्वाब संकलन गरिएका ४३ जना, कन्ट्याक्ट ट्रेसिङमा परेका ४ जना र नारायणी बयोधा अस्पतालका २ जनामा कोरोना संक्रमण पुष्टि भएको मेडीकल सुपरीटेण्डेन्ट डाक्टर उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर