कार्यसम्पादनमा शतप्रतिशत परिणाम निकाल्न गृहमन्त्री थापाको निर्देशन

कार्यसम्पादनमा शतप्रतिशत परिणाम निकाल्न गृहमन्त्री थापाको निर्देशन

१६ श्रावण, काठमाण्डौँ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले मन्त्रालयसँग गरेको कार्यसम्पादन सम्झौताको शतप्रतिशत परिणाम निकाल्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

गृहमन्त्रालय अन्तर्गतका सार्वजनिक निकायका प्रमुखसँग आज भएको कार्यसम्पादन सम्झौतापछि आयोजित समारोहमा गृहमन्त्री थापाले यस्तो बताउनुभएको हो । सम्झौताअनुसारको नतिजा निकाल्ने विषयमा कुनै पनि कसर बाँकी नराख्न सम्बद्ध अधिकारीलाई उहाँले निर्देशन दिनुभयो ।

‘राष्ट्र र जनताप्रति निष्ठावान हुने छौँ’ भनेर सम्झौतापत्रमा हस्ताक्षर गरी दृढ प्रतिबद्धता जाहेर गरेकामा धन्यवाद दिँदै गृहमन्त्री थापाले राष्ट्रको विकास, समृद्धि र सुरक्षाको मुख्य जिम्मेवारी सार्वजनिक निकायको हो भन्नुभयो ।

विश्वमा समृद्धिको उचाइ छुने मुलुकको अध्ययन गर्दा पनि मुलुकको समृद्धिका लागि सार्वजनिक प्रशासनको मुख्य हात रहेको उहाँले बताउनुभयो ।

गृहमन्त्री थापाको उपस्थितिमा गृहसचिव महेश्वर न्यौपानेसँग विभिन्न सुरक्षा निकायका प्रमुख, उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, मन्त्रालयका महाशाखाका प्रमुख, कारागार तथा अध्यागमन विभागका प्रमुखले कार्य सम्पादन सम्झौता गरेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर