विद्यालयका क्वारेन्टिन र आइसोलेसन हटाइने, निर्मलीकरणको जिम्मा स्थानिय तहलाई

विद्यालयका क्वारेन्टिन र आइसोलेसन हटाइने, निर्मलीकरणको जिम्मा स्थानिय तहलाई

१५ श्रावण, काठमाण्डौँ । सरकारले भदौ १ बाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भदौ १ देखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको जानकारी आज सरकारका प्रवक्ता मन्त्री डा. युवराज खतिवडाले दिनुभएको हो ।

विद्यालय परिसरमा क्वारेन्टाइन र आइसोलेन कक्ष राख्न नपाइने भन्दै देशभरका विद्यालय सञ्चालनका लागि योग्य बनाउनेबारे समेत निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्यालय परिसरमा क्वारेन्टाइन र आइसोलेसन कक्ष सञ्चालन गर्न पाइने छैन । विद्यालयहरु खाली गरी निर्मलीकरण गरी अध्यापन योग्य बनाउनुपर्छ ।’

विद्यालय निर्मलीकरणको कार्यढाँचा बनाउन शिक्षा मन्त्रालयलाई जिम्मेवारी दिइएको र साउनभर शिक्षकहरुलाई विद्यालय पुगिसक्न निर्देशन दिइएको छ । क्वारेन्टिन र आइसोलेसन रहेको भए तत्काल हटाउने र ती क्षेत्रलाई स्थानीय तहले निर्मलीकरण गर्ने पनि निर्णय भएको छ । विद्यालय आउन जान असर हुने गरी कोरोना महामारी रोकथाम र नियन्त्रणसम्बन्धी संरचना नराख्ने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले बताउनुभयो ।

सरकारले १ भदौबाट लागू गर्ने गरी विद्यालय सञ्चालनको कार्यविधि तयार गरिरहँदा सरकारका प्रवक्ता डा. खतिवडाको पछिल्लो भनाई सार्वजनिक भएको हो । १ भदौबाट विद्यालय भर्ना शुरु गरिएको जानकारी दिइसकिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270