१५ श्रावण, काठमाण्डौँ । बन्दावन्दी खुलेसँगै राजधानीमा उपभोक्तालाई अत्याउने गरी तरकारी मूल्य आकाशीएको छ । सरकारी निकायको ध्यान केन्द्रित हुन नसक्दा कोरोना महामारीबाट र बन्दावन्दीबाट रन्थनिएका उपभोक्ता दिनहुँ खानुपर्ने तरकारीको मुल्य आकाशीएपछि थप मारमा परेका छन् ।
कोरोना महामारी, लकडाउन, वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले तरकारीको मूल्य एक हप्ता दिनमै दोब्बर बढाएका छन् । केन्द्र सरकार र स्थानीय तहबाट बजार अनुगमन नहुँदा तरकारीको मूल्यमा विचौलिया र व्यापारीले मनलाग्दी गर्ने अवसर पाएका हुन् ।
राजधानीमा मात्र होईन मोफसलका बजारहरुमा पनि तरकारीको मुल्य मनलाग्दी तरिकाले बढाईएको छ ।
हरियो तरकारीमा ५० प्रतिशत र सुक्खा तरकारीमा २० प्रतिशत मुनाफा आर्जन गर्न सकिने प्रावधान भए पनि व्यापारीहरूले आफूखुसी मूल्यबृद्धि गरेका हुन् ।
श्रावणको पहिलो हप्ता २० रुपैयाँ प्रतिकेजी रहेको ठूलो गोलभेडा दोस्रो हप्तामा ४५ रुपैयाँ पुगेको छ । ५५ रुपैयाँ प्रतिकेजीको आलु अहिले ७० रुपैयाँ पुगेको छ । त्यसैगरी ४० रुपैयाँ प्रतिकेजीमा विक्रि भइरहेको काउली अहिले १ सय १० रुपैयाँमा बेचिएको छ ।
यसरी तरकारीको मूल्य अचाक्ली रुपमा बढ्दा पनि नियमन निकाय भने बेखबर जस्तै छ । यता उपभोक्ता भने चर्काे मूल्य तिरेर तरकारी खरिद गर्न बाध्य छन् ।
अबिरल बर्षा साथै उपत्यका बाहिरबाट आयात गर्नुपर्ने, भएकोले मुल्य बृद्धि भएको व्यवसायीको दाबी छ । व्यववसायी प्रतिसप्रर्धा र तरकारी आयात घटेकोले मुल्यमा फरक परेको व्यवसायीको तर्क छ । एक हप्तको अन्तरलामा ४०–५० प्रतिशत मात्रै मूल्य बृद्धि भएको भन्दै लुटतन्त्रको रुपमा व्याख्या नगर्न व्यापारी तथा विचौलियाले आग्रह गरेका छन् ।