१४ श्रावण, सुनसरी । इलाका प्रहरी कार्यालय इटहरीका ८ थुनुवा सहित ५ जना प्रहरीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
प्रहरी कार्यालय इटहरीमा थुनामा रहेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि अन्य १३ जनाको स्बाव परिक्षण गरिएको हो । परिक्षणमा उनिहरुको रिपोर्ट नेगेटिभ आएको हो ।
इलाका प्रहरी कार्यालय इटहरीमा रहेका १३ जनाको स्बाव संकलन गरेर पिसिआर परीक्षणका लागि चार दिन अघि विराटनगर पठाईको थियो ।
उक्त युवा सँगै बसेका ८ जना थुनुवा र सम्पर्कमा आएका ५ जना प्रहरीको कोरोना परीक्षण गरिए पनि रिपोर्ट नेगेटिभ आएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो ।