रोङको नमुना विद्यालमा ‘इ–एजुकेसन’ संञ्चालनका लागि प्रदेश सरकारको अनुदान

रोङको नमुना विद्यालमा ‘इ–एजुकेसन’ संञ्चालनका लागि प्रदेश सरकारको अनुदान

१४ श्रावण, इलाम/रोङ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रदेश–१ को सामाजिक विकास मन्त्रालयले इलामको रोङ–३ कुटीडाँडास्थित शान्ति निकेतन माध्यमिक विद्यालयलाई रु ८ लाख ५० हजार अनुदान रकम उपलब्ध गराएको छ ।

विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत ‘इ–एजुकेसन’का लागि रकम प्रदान गरिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

इ–एजुकेसन अन्तर्गत Interative board, Smart TV/CCTV खरिद गर्नुपर्ने विद्यालयका प्रधानाध्यापक हेमन्त आचार्यले बताउनुभयो ।

विद्यालयमा यो भन्दा अगाडि पनि प्रदेशको सामाजिक विकास मन्त्रालयले शैक्षिक गुणस्तर सुधारका लागि ६ लाख रुपैँया रकम अनुदानमा उपलब्ध गराईसकेको छ । त्यसबाट एउटा Interative board र दुईवटा Smart TV खरिद गरी ल्याइसकेको प्रधानाध्यापक आचार्य बताउनुभयो ।

इ–एजुकेसन अन्तर्गत Interative board, Smart TV र प्रोजेक्टरको माध्यमबाट अध्ययन अध्यापन गर्दा विद्यार्थीहरूले छिटो सिक्ने, सिकेको कुराहरू नबिर्सने र सही तरिकाले सिक्ने गरेको विद्यालयका सहायक प्रधानाध्यापक भूपाल खड्काले बताउनुभयो ।

यस विद्यालय जिल्लामा नमुना विद्यालयको रूपमा छनोट भई त्यसको कार्य पनि अगाडि बढिरहेको छ । रोङ गाउपालिका अन्तर्गत एकमात्र प्राविधिक धारको विषय अन्तर्गत गतवर्षदेखि बालीविज्ञान विषय पनि यस विद्यालयमा अध्यापन भइरहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270