एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने परीक्षा बोर्डको तयारी

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने परीक्षा बोर्डको तयारी

१२ श्रावण, काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले एक साताभित्र माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने जनाएको छ ।

त्यसका लागि देशभरबाट सम्पूर्ण विवरण आइसकेको र अहिले हार्डकपी एवं सफ्टकपी रुजुको काम भइरहेको बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले जनाउनुभयो ।

शिक्षा पत्रकार समूहको आजको ‘शिक्षाबार भर्चुअल संवाद’मा २५ वटा समूह बनाएर बिहीबारदेखि हार्डकपी र सफ्टकपी रुजुको काम भइरहेको उहाँले बताउनुभयो । यसै साता नतिजा प्रकाशनको तयारी गरिरहेको पनि परीक्षा नियन्त्रक खकुरेलले जानकारी दिनुभयो ।

विगतमा देशभरका विवरण बोर्डमा ल्याएर मार्क लेजर तयार पार्दा केही प्राविधिक समस्याहरु देखिने गरेकोमा यसपटक विद्यालय आफैंले लेजर तयार पारेकाले समस्या कम हुने उहााले बताृनुभयो ।

तर, विद्यालयले पठाएका विवरण जिल्लास्थित शिक्षा इकाइहरूमा सच्चिएर बोर्डमा आइपुग्दासमेत केही त्रुटि पाइएको बताईएको छ । एसइई मूल्यांकनका सन्दर्भमा विद्यालयहरू र इकाईहरूसमेत गम्भीर नदेखिँदा केही जिल्लामा समस्या देखिएको खकुरेलले बताउनुभयो ।

यस वर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थीले एसइई परीक्षामा सहभागी हुनका लागि तयारी गरेका थिए । कोरोना संक्रमण महामारीका कारण परीक्षा सुरू हुनु एक दिनअघि ५ चैतमा परीक्षा स्थगित गरिएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270