निर्वाचनमा हुने खर्च रोक्नुपर्नेमा सांसदहरुको जोड

निर्वाचनमा हुने खर्च रोक्नुपर्नेमा सांसदहरुको जोड

१२ श्रावण, काठमाण्डौँ । निर्वाचनको समयमा हुने अनियमित खर्च रोक्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको निर्वाचन आयोगको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल गर्न आज सिंहदरवारमा बसेको बैठकमा सांसदहरुले निर्वाचनमा हुने अधिक खर्चले भ्रष्टाचार, अनियमितता र निष्ठाको राजनीतिमा समेत प्रश्न उठ्ने गरेको भन्दै आगामि निर्वाचनमा खर्च कम हुने प्रक्रिया अवलम्वन गर्नुपर्नेमा जोड दिएका हुन् ।

सांसदहरुले यस अघिको निर्वाचनमा मतदाताको नामावली दोहोरिने, स्थानीय तहको निर्वाचनमा अधिकांश वडामा दलित सदस्य निर्वाचित नहुने समस्या देखिएकाले समस्याको निराकरण गर्न निवार्चन आयोगले पहल गर्नु पर्ने बताए ।

बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनमा हुने खर्च कम गर्न आयोगले खर्चको मापदण्ड तोक्ने गरेको भन्नुहुंदै यसमा राजनीतिक दल र उम्मेद्धारको आचरणगत व्यवहारले समेत फरक पार्ने बताउनुभयो । प्रमुख आयुक्त थपलियाले पहिलेको भन्दा नामावली दोहोरीने क्रम घटेको भन्नुहुंदै यसलाई शुन्यमा झार्ने गरि काम थाल्ने बताउनुभयो ।

बैठकममा प्रमुख आयुक्त थपलियाले वडामा दलित सदस्य निर्वाचित नहुनुको कारण कुनै ठाउंमा जनसंख्यानै नभएको भेटिएको र कुनैठाउंको विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर