कोरोना मुक्त हुनेको संख्या १३ हजार ७५४ पुग्यो, मृतक संख्या संख्या ४८

कोरोना मुक्त हुनेको संख्या १३ हजार ७५४ पुग्यो, मृतक संख्या संख्या ४८

१२ श्रावण, काठमाण्डौँ । पछिल्लो २४ घन्टामा देशभर थप १३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ललितपुरमा ३ र काठमाडौंमा ३ सहित देशभर १३९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यस्तै पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोना संक्रमण मुक्त भएको पनि उहाँले जानकारी दिनुभयो ।

हालसम्म कोरोना जित्नेको संख्या १३ हजार ७५४ पुगेको छ । पछिल्लो २४ घन्टामा ६ सय २६ जना डिस्चार्ज भएका छन् ।

यता कोरोना भाइरसको संक्रमणबाट आज एकै दिन तीनजनाको मृत्यु पुष्टि भएको छ । मृतकमध्ये दुईजनाको हिजो र एकजनाको आज विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । आज तीनजना मृतक संख्या थपिएसँगै कुल संख्या ४८ पुगेको छ ।

आज पुष्टि भएका मृतक तीनैजना पुरुष हुन् । जसमध्ये एकजना भारतीय नागरिक हुन् भने दुईजना नेपाली नागरिक हुन् । आज मृत्यु पुष्टि भएका भारतीय नागरिकसहित नेपालमा दुईजना विदेशीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर