‘गाउँमा लाईब्रेरी’ भन्ने अभियानका साथ दमकमा ‘बुक विन’ कार्यक्रम सञ्चालनमा

‘गाउँमा लाईब्रेरी’ भन्ने अभियानका साथ दमकमा ‘बुक विन’ कार्यक्रम सञ्चालनमा


१० श्रावण, झापा । रोटरी क्लव अफ दमक र रोट्रयाक्क क्लव अफ दमकको सयुक्त आयोजनामा आजबाट दमकमा ‘बुक विन’ (किताब बाकस) कार्यक्रम सञ्चालनमा आएको छ ।

बुकबिन कार्यक्रमको आज दमक नगरपालिकाका उपमेयर गिता अधिकारीले किताब खसालेर उद्घाटन गर्नुभयो ।

यस कार्यक्रम अन्तर्गत घरमा पढिसकेका किताबहरु दमकको मुख्य चौककमा ‘बुक विन’मा जम्मा गर्न सकिने छ । बुक विनमा जम्मा भएका किताबहरु ‘गाउँमा लाईब्रेरी’ भन्ने अभियान अन्तर्गत आगामी दिनमा दमक आसपासका कुनै स्थानमा लाईब्रेरी स्थापना गरी राखिने रोट्रयाक्क क्लव अफ दमक बर्ष २०१९–२० का अध्यक्ष तथा बुकविन कार्यक्रमका संयोजक सुदिप लिम्बुले बताउनुभयो ।

अझै पनि धेरै बालबालिका शिक्षाबाट बञ्चित हुनु परेको अवस्थामा त्यस्ता बालबालिकालाई शिक्षामा सहयोग पुर्याउने उद्धेश्यले यो कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो । अझै सबै तह र तप्काका नागरिकहरुमा पठनपाठनको बानी बिकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यस कार्यक्रम काँकडभिट्टादेखि विराटनगरसम्म एकसाथ शुरु भएको बताएको छ । दमकमा रहेको गोर्खा डिपार्टमेन्ट अघि राखिएको सो बुकविन अथवा किताब बाकसमा जो कोहीले किताब जम्मा गर्न सक्नेछन् । यो कार्यक्रम निरन्तर चलिरहने रोट्रयाक्क क्लव अफ दमकका अध्यक्ष ददिराम ढकालले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर