१० श्रावण, झापा । झापाको पूर्वी नाका काँकडभिट्टामा खटिएका थप १८ जना सशस्त्र प्रहरी जवानमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
तीन दिनअघि दुई जना सशस्त्रमा कोरोना पुष्टि भएपछि थप ४८ जना सशस्त्र प्रहरीको पिसीआर परीक्षणका लागि धरान पठाइएकोमा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरिक्षक जीवन चौलागाईले जानकारी दिनुभयो ।
सङ्क्रमण पुष्टि भएकाहरू सशस्त्र प्रहरी बल नेपाल नम्बर–८ गुल्म हेकुवा राजश्व तथा भन्सार गस्ती सुरक्षा काँकडभिट्टामा कार्यरत छन् । सङ्क्रमण पुष्टि भएका सशस्त्र प्रहरी सीमा नाकासँगै क्वारेनटाइनमा पनि खटिएका थिए । सङ्क्रमित सशस्त्र प्रहरीलाई उपचारका लागि सुनसरीको गोठगाउँस्थित कोभिड अस्पतालमा पठाइएको बताईएको छ ।