९ श्रावण, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बरिष्ठ पत्रकारहरूसँग भेटवार्ता गर्नुभएको छ । राष्ट्रियताको सवाल र कोरोना संक्रमण महामारीलगायत बाढि–पहिरोजस्ता राष्ट्रिय विपत्तिको विषयमा नेपालका मिडियाले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै उहाँले मिडियाको भूमिकाको प्रशंसा गर्नुभको छ ।
उहाँले राष्ट्रियताको सवालमा खासगरी लिम्पियाधुरा, लिपुलेक र कालापानी सम्मिलित नयाँ नक्शा प्रकाशनको सवालमा नेपाली मिडियाले अभुतपूर्व योगदान पुर्याएको धारणा राख्नुभएको थियो । भेटमा राष्ट्रपति भण्डारीले मिडियाले खेलेको भूमिकाको बारेमा मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
उहाँले नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव भैंसी चराएर आएको र आफू भकारो फालेर आएको कुरा पनि स्मरण गराउनुभयो । उहाँले पूर्व राष्ट्रपति डा. यादवले आफ्नो कार्यकालमा धेरै राम्रो काम बताउनुभयो ।
उहाँले भन्नुभयो–‘जतिबेला उहाँ राष्ट्रपति हुनुभएको थियो, त्यतिवेला उहाँलाई धेरै अप्ठ्यारो थियो ।’ आफूले पनि गर्व गर्नलायक काम गर्ने र राष्ट्रपति कार्यालयको गरिमा बचाउने उहाँको भनाई थियो ।
उहाँले भन्नुभयो–‘नेपाली जनजीवीकाको बारेमा मलाई राम्रोसँग थाहा छ । म गाउँबाट आएको मान्छे हुँ । म देश र जनताको समस्याबारे जानकार छु, त्यसैले जनताको हित हुनेगरि काम गर्न सरकारलाई सधैं आफ्नो तर्फबाट भनिरहेको छु ।’