प्रधानमन्त्री ओलीकै पहलमा ‘नेकपा एमाले’ दर्ता भयोः प्रचण्ड

प्रधानमन्त्री ओलीकै पहलमा ‘नेकपा एमाले’ दर्ता भयोः प्रचण्ड

९ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै पहलमा ‘नेकपा एमाले’ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको दाबी गर्नुभएको छ ।

पुष्पलाल स्मृति दिवसको अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले पार्टी संकटमा रहेको बताउनुभएको हो । पार्टीको बैठक चलिरहेकै बेलामा अर्का अध्यक्षको सक्रियता र पहलमा ‘नेकपा एमाले’ दर्ताका लागि निवेदन परेको प्रचण्डको आरोप छ ।

प्रधानमन्त्री ओलीतिर संकेत गर्दै प्रचण्डले पार्टी बैठक चलिरहेकै बेलामा देशभर केही कार्यकर्तालाई जिन्दावाद र मुर्दावादको नारा लगाउन लगाइएको भन्दै अशन्तुष्टि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर