
८ श्रावण, सुनसरी । भारतसँग सिमा जोडिएको सुनसरीको हरिनगरा गाउँपालिकामा सशस्त्र प्रहरी र स्थानीय विचको झडपमा गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ ।
हरिनगरा गाउँपालिका–७ घुस्कीस्थित दशगजा नजिक गत श्रावण २ गते सशस्त्र प्रहरी सँगको झडपमा गोली लागेर घाईते भएका स्थानीय २१ बर्षीय साहवाज मियाँको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज मृत्यु भएको हरिनगरा गाउँपालिका अध्यक्ष गफार अन्सारीले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष अन्सारीका अनुसार मृतकका परिवारलाई तत्काल गाउँपालिकाले राहत उपलब्द गराउने र सरकारले दिने १० लाख क्षतिपूर्ति दिलाउन गाउँपालिकाले पहल गर्ने बताईएको छ । त्यसका लागि प्रमुख जिल्ला अधिकारी फडिन्द्र अधिकारी, एसपी कमल थापा, सशस्त्र प्रहरी गाउँपालिकाका प्रतिनीधिलगायत र पीडित परिवार विच छलफल समेत भएको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७