पार्टी नेताहरुको विरुद्धमा दुष्प्रचार बन्द गर्न प्रचण्ड सचिवालयलको आग्रह

पार्टी नेताहरुको विरुद्धमा दुष्प्रचार बन्द गर्न प्रचण्ड सचिवालयलको आग्रह


८ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले पार्टी नेताहरुकाविरुद्ध भइरहेको दुष्प्रचार बन्द गर्न आग्रह गरेको छ ।

पछिल्ला दिनमा नेकपाको आन्तरिक वैचारिक बहसका विषयलाई लिएर भइरहेको प्रचार गलत र वास्तविक नभएको सचिवालयले स्पष्ट पारेको हो ।

अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले आज ‘प्रेस नोट’ जारी गर्दे सो जानकारी दिनुभएको हो । केही दिनयता पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्माका सम्बन्धमा विभिन्न माध्यमबाट प्रकाशित÷प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको प्रेस नोटमा जनाईएको छ ।
पछिल्लो समय नेता शर्मा पार्टीको विवाद समाधानका लागि मध्यस्थकर्ताको रुपमा देखिनुभएको छ ।

गत असारमा बसेको नेकपाको स्थायी कमिटी बैठकमा नेता शर्माले एकताका लागी सबैले आआफ्नो अहम् छाडेर रुपान्तरित हुन जरुरी रहेको धारणा राख्नुभएको थियो ।

आफ्ना कमजोरी स्वीकार्न, आफैँलाई सच्चाउने, छलफल र बहस गर्दै नयाँ निष्कर्षमा पुग्ने विषयमा रुचीपूर्वक लाग्नुपर्नेमा जोड दिँदै उहाँले रुपान्तरणका साथ एकताबद्ध हुनुमै राष्ट्रको भविश्य रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर