८ श्रावण, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटको क्रममा देउवाले कोरोना र बाढी पहिरोका सम्बन्धमा ओलीलाई ध्यानाकर्षण गराएका छन् ।
सभापति देउवाले कोरोना संक्रमतिको संख्या बढिरहेका बेला लकडाउन खुलेपछिको चुनौती सामना गर्न विशेष रणनीति निर्माण गर्नेका लागि प्रधानमन्त्री ओलीसँग आग्रह गरेका छन् । देउवाले पीसिआर प्रविधीबाट मात्रै परीक्षण गर्न आग्रह गरेका थिए । देउवाले क्वारेन्टिनहरु अझैपनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएकोमा आपत्ति प्रकट गरेका छन् ।
बाढी र पहिरोमा परेर देशका विभिन्न स्थानमा कयौंको मृत्यु, कयौं बेपत्ता र सयौं घरबारबिहीन भएकको उद्धार, राहत र पुनस्र्थापनाका लागि युद्धस्तरमा कार्य गर्न सरकारलाई देउवाको आग्रह छ ।
कोरोना सृजित चुनौतीहरुका कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनहरुले अघि सारेका जायज मागहरूलाई गम्भीरतापुर्वक लिएर सम्बोधन गर्न पनि सभापति देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको स्रोतले जानकारी दिएको छ ।