विदेशी रक्सी‘ब्राण्ड’ र लोकल रक्सी‘ब्याण्ड’ गर्दा अर्थतन्त्र कप्लक्कैः सांसद राई

विदेशी रक्सी‘ब्राण्ड’ र लोकल रक्सी‘ब्याण्ड’ गर्दा अर्थतन्त्र कप्लक्कैः सांसद राई

७ श्रावण, काठमाण्डौँ । प्रदेश–१ की सांसद उषाकला राई अहिले ‘ब्याण्ड भर्सेस ब्राण्ड’ अभियानमा लाग्नुभएको छ । सरकारद्वारा प्रतिवन्धित घरेलु मदिरालाई ब्राण्डका रुपमा विकास गरी देशको अर्थतन्त्र बलियो बनाउने उहाँले अभियान सुरु गर्नुभएको छ ।

सांसद् राई भन्नुहुन्छः ‘वर्षमा दुई खर्बको विदेशी रक्सी नेपालमा खपत हुँदोरहेछ, विदेशी रक्सी चाहिँ रेस्टुरेन्टहरुमा विना रोकावट चियर्स गर्ने, अनि आर्थिक उपार्जनका लागि हाम्रा आमाहरुले तयार पारेको लोकल रक्सी चाहिँ माटोमा खन्याइदिने ?’

सरकारले लोकल कोदोको रक्सीलाई वैधानिक बनाई घरेलु उद्योगलाई प्रोत्साहन गर्नुपर्ने उहाँको माग छ ।

उहाँ यस्ता रक्सीको गुणस्तर मापन गर्न ल्याबको व्यवस्था गर्नुपर्ने बताउनुहुन्छ । निश्चित ठाउँमा सिलप्याकको प्रवन्ध गर्नुपर्ने पनि उहाँको भनाई छ ।

उहाँ भन्नुहुन्छ, ‘दूधमा फ्याटको मात्रा जाँचेजसरी लोकल रक्सीको पनि गुणस्तर मापन गर्नुपर्छ र त्यसलाई बोतलमा प्याकेजिङ गर्ने ठाउँमा र्पुयाउनुपर्छ । र, देशभर एउटै खालको प्याकेजिङ हुनुपर्छ ।’

नेपाल सरकारले छिट्टै लोकल रक्सीको ‘पेनेन्ट राइट’ लिनुपर्ने पनि उहाँको भनाइ छ ।

‘गाउँ–गाउँमा हाम्रा दिदीबहिनी, आमाहरुले आफ्नो घरको आर्थिक संकट टार्नका लागि घरेलु मदिरा उत्पादन गरिरहनुहुन्छ । ती मदिरा जडिबुडीयुक्त हुने भएकाले औषधीय गुण पनि हुन्छ’, उहाँ भन्नुहुन्छ, ‘ती मदिरालाई चाहिँ प्रहरीहरु गएर खोसिदिन्छन् । तर, विदेशी र ब्राण्डेड रक्सीको भने कहिल्यै बोतल फुटाल्दैनन् ।’

सरकारको यस्तो गतिविधिका कारण विदेशी साम्राज्यवादले कप्लक्कै खाएको सांसद राईको विश्लेषण छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर