बामदेव गौतम भन्छन्ः ‘मसहित प्रचण्ड, माधव र झलनाथको समुह मजबुत छ’

बामदेव गौतम भन्छन्ः ‘मसहित प्रचण्ड, माधव र झलनाथको समुह मजबुत छ’


७ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले आफूहरुको समुह यथावत स्थानमा रहेको स्पष्ट पार्नुभएको छ ।

उहाँले पार्टी हितका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल र आफूसमेतको समुह एक भएर मजबुत अवस्थामा रहेको बताउनुभएको हो ।

पत्रकार ऋषि धमलासँग कुरा गर्दै गौतमले समुह छाडेर अर्का अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिन थालेकोबारे सोधिएको प्रश्नमा त्ये हल्ला मात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म सहित कमरेडहरु जसरी एक भएर बढेका छौं, हामी अझै एकतावद्ध भएर लागेका छों ।’

गौतमले पार्टीको हितका लागि आफूहरुले पछिल्लो कदम चालिरहेको दावि गर्नुभयो । उहाँले सहमति बनाएर अगाडि बढ्ने पनि बताउनुभयो ।

विगतमा ओलीलाई अध्यक्ष बनाउन आफूले सहयोग गरेको र ओलीकै समुहबाट उपाध्यक्ष जितेको भएपनि अहिले अनगिन्ती विषयमा मतभेद रहेको उहाँले स्पष्ट पार्नुभयो ।

नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आएको ‘प्रचण्ड’सहितको समुहमा गौतम पनि छन् । तर, पछिल्लो समय गौतम ओलीप्रति लकचक भइरहेको चर्चा चल्दै आएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर