पूर्वसांसद बुढाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान

पूर्वसांसद बुढाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान

७ श्रावण, काठमाण्डौँ । पुराना कम्युनिष्ट नेता एवम् पूर्वसांसद बर्मन बुढाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिएको छ ।

पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गर्नुअघि अन्तिम श्रद्धाञ्जली दिने क्रममा उपराष्ट्रपति उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको हो ।

अन्तिम श्रद्धाञ्जली दिन सभामुख अग्निप्रसाद सापकोटा, पूर्वसभामुखद्वय कृष्णबहादुर महरा र ओनसरी घर्तीमगर, नेकपा क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’, ऊर्जामन्त्री वर्षमान पुन, नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजाल, नेताहरु सीपी गजुरेल, अमिक शेरचन, देव गुरुङलगायत नेता–कार्यकर्ताहरु पशुपति पुग्नुभएको थियो ।

कम्युनिष्ट आन्दोलनका अगुवा बर्मन बुढाको बुधबार बिहान पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर