नेपालमा आज एक सय ५० जना कोरोना संक्रमित थपिए

नेपालमा आज एक सय ५० जना कोरोना संक्रमित थपिए


६ श्रावण, काठमाण्डौँ । नेपालमा आज १५० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको सख्या १७ हजार ९ सय ९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिनुभएको हो । हालसम्म १२ हजार ४ सय ७७ जना कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर घर फर्केका छन् । देशमा ५ हजार ४ सय ७७ जना उपचाररत छन् ।

यस्तै नेपालमा कोरोनाभाइरस संक्रमण निको हुनेको संख्या पछिल्लो २४ घण्टामा थप ६०९ जना पुगेको छ । कुल संक्रमित मध्ये ६९.३४ प्रतिशत निको भएका छन् ।

सक्रिय संक्रमितको संख्या ५ हजार ४७७ जना रहेको पनि उहाँले जानकारी दिनुभयो ।

अहिले देशभरीका विभिन्न आईसोलेसनमा ५ हजार ४ सय ७७ जना संक्रमित उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा १ सय ८, प्रदेश नम्बर २ मा १ हजार ९ सय १३, बागमती प्रदेशमा ४ सय २१ र गण्डकी प्रदेशमा ३ सय ८० जना संक्रमित उपचाररत रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ३ सय ७०, कर्णाली प्रदेशमा २ सय ९३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय ९२ जना संक्रमित उपचाररत रहेका छन् । क्वारेन्टिनमा २१ हजार ७ सय ४ जना रहेका छन् । पीसीआर विधिबाट मंगलबार ३ हजार ९ सय ६३ जनाको कोरोना परीक्षण भएको छ ।

हालसम्म कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको छ । पुर्वका पाँचथर , धनकुटा, भोजपुर, सोलुखुम्बु, हुम्ला, मनाङ र मुस्ताङ जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर