नेकपा स्थायी समिति बैठक सम्पन्नः उद्धार र राहतमा खटिने निर्णय

नेकपा स्थायी समिति बैठक सम्पन्नः उद्धार र राहतमा खटिने निर्णय


६ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक आज केहीबेर बसेर स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अविरल वर्षापछि देशभर आएको बाढी पहिरोमा प्रभावित बनेकाहरुको उद्धार र राहतमा खटिने निर्णय गरेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपि शर्मा ओली उपस्थित हुनुहुन्नथ्यो ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बाढी पहिरोबाट प्रभावितहरुको उद्धार र राहतमा सम्पूर्ण पार्टी एकताबद्ध भएर लागिपर्ने निर्णय भएको बताउनुभयो । उहाँका अनुसार अर्काे बैठक साउन १३ गते बस्नेछ ।

बाढी र पहिरोका कारण हाल देशभरको जनजीवन प्रभावित भएको छ भने कतिपय स्थानमा राजमार्ग र पुल समेत भत्किएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर