प्रचण्डले बोलाएको भेला समय सान्दर्भिक नभएको लेखराज भट्टको टिप्पणी

प्रचण्डले बोलाएको भेला समय सान्दर्भिक नभएको लेखराज भट्टको टिप्पणी

६ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा उद्योगमन्त्री लेखराज भट्टले हिजो पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको पूर्व माओवादी केन्द्रतर्फका स्थायी कमिटी सदस्यहरुको भेलामा आफू नगएको स्पष्ट पारेका छन् ।
तर आफू र पार्टी अध्यक्ष दाहालबीच बाहिर चर्चा भएजस्तो सम्बन्ध नचिसिएको र र पानी बाराबारको अवस्थापनि नरहेको पनि बताएका छन् ।

उनले उक्त भेलालाई समय सान्दर्भिक नभएको टिप्पणी गरेका छन् । उनले के सही र के गलत ? र कुन बेलामा भेट्न जाने वा नजाने ? भन्नेबारे आफूले छुट्याउने सक्ने पनि जनाए ।

पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री भट्टले नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल मिलेर जानुको विकल्प नभएको जिकिर गरेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर