५ श्रावण, काठमाण्डौँ । सरकारले भाद्र १ गते देखी हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक र बाह्य दुवै हवाई उडार पुनः संचालनमा ल्याउने निर्णय गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हवाई उडान पुनः सञ्चालन हुने निर्णयबारे जानकारी दिनुभएको हो । पर्यटन मन्त्रालयले उडानको मापदण्ड बनाउने जिम्मा पाएको छ । मापदण्ड पुरा गरेपछि मात्र सञ्चालन गर्नेछ ।
सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि गत चैत्र यता आन्तरिक तथा वाह्य हवाइ उडानमा रोक लगाउँदै आएको छ । अब भाद्र १ देखि भने नियमित व्यवसायिक उडान सञ्चालन गर्ने निर्णय भएको मन्त्री भट्टराईले बताउनुभयो ।