कोरोना संक्रमितको संख्या कुन प्रदेशमा कति पुग्यो ?

कोरोना संक्रमितको संख्या कुन प्रदेशमा कति पुग्यो ?


५ श्रावण, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । उनीहरूमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ८६८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १७३ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार आजसम्म प्रदेश नम्बर १ मा ८ सय ४५, प्रदेश नम्बर २ मा ४ हजार ६ सय २५, बाग्मती प्रदेशमा ८ सय ५९ र गण्डकी प्रदेश १ हजार ३ सय ९३ जनामा संक्रमण देखिएको छ ।

यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ९१, कर्णाली प्रदेशमा १ हजार ८ सय २५ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९५ जनामा संक्रमण देखिएको छ । सोमबार ४ हजार २ सय १६ गरी आजसम्म ३ लाख १९ हजार ८ सय ७२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ ।

आजसम्म प्रदेश नम्बर १ मा ७ सय ५२, प्रदेश नम्बर २ मा २ हजार ६ सय ९७, बागमती प्रदेशमा ४ सय ५१ र गण्डकी प्रदेश १ हजार ४ जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर ५ मा ३ हजार ७ सय ७१, कर्णाली प्रदेशमा १ हजार ७ सय २२ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ७१ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म ११ हजार ८ सय ६८ जना डिस्चार्ज भएको उनले बताए । अहिले देशभरका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ९ सय ३६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

प्रदेश नम्बर १ मा ९३, प्रदेश नम्बर २ मा १ हजार ९ सय ३३, बागमती प्रदेशमा ३ सय ९९ र गण्डकी प्रदेशमा ३ सय ८४ जना संक्रमितको उपचार भइरहेको छ । यस्तै, प्रदेश नम्बर ५ मा ४ सय १०, कर्णाली प्रदेशमा २ सय ९९ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १८ जना संक्रमित उपचाररत रहेका छन् । अहिले २२ हजार २ सय २८ जना देशभरका क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर