वीपी प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

वीपी प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

२ श्रवाण, सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुने सप्तरी जिल्लाको ७३ बर्षीय बृद्ध रहेका छन् । उनको हिजो राति करिब १० बजेतिर मृत्यु भएको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ । उनको शव अहिले प्रतिष्ठानको मर्चरीमा राखिएको छ ।

गत असार ३१ गते सप्तरीको राजविराजबाट धरानस्थित प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको थियो ।

कोरोना संक्रमित व्यक्तिको बिहीबार बेलुका अन्दाजी ६ बजे कोभिड १९ परीक्षणमा पोजेटिभ देखिएको र उनको राति नै मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटारले जानकारी दिनुभयो ।

प्रवक्ता डा.सापकोटाले मृतकलाई उच्च रक्तचाप, मधुमेह, मुटुको रोगबाट समेत ग्रस्त रहेको जानकारी दिनुभएको छ । मृतकको परिवारले उपचारका लागि अस्पताल ल्याएको हुनाले कन्ट्रयाक्ट ट्र्यासिङको कार्य समेत अघि बढाएको अस्पतालले जनाएको छ ।

यता सुरक्षा निकायले शवको व्यवस्थापन गर्ने भएकाले त्यसको तयारी भइरहेको प्रतिष्ठान जनाएको छ ।

यससंगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर