१ श्रावण, सुनसरी ।सुनसरीको दुहबी नगरपालिकामा नसर्ने रोग सम्बन्धि बुधवार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरीएको छ ।
दुहबी नगरपालिका स्वास्वस्थ्य शाखाको आयोजनामा दुहबी नगरपालिकाको जनप्रतिनिधिसंग उक्त अभिमुखिकरण गरिएको हो ।
अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधिहरुसँग नसर्ने रोगको बिषयमा अन्तरक्रिया गरिएको जनस्वास्थ्य शाखाका पिन्की भगतले जानकारी दिनुभयो ।
सो कार्यक्रममा नसर्ने रोग मधुमेह, (उच्च रक्तचाप )मुटुरोग, क्यान्सर र दम रोगको बिषयमा जनप्रतिनिधिहरुलाई जानकारी गराईएको थियो ।
अभिमुखिकरण कार्यक्रमा नसर्ने ४ रोगहरुको लक्षण र बच्ने उपाय सम्बन्धमा जनस्वास्थ्य शाखा प्रमुख उचित नरायन साहले जानकारी गराउनुभएको थियो । नसर्ने रोगको अहिले र पहिलेको अवस्थाको बिषयमा सहभागिहरुलाई जनस्वास्थ्य प्रमुख साहले जानकारी गराउनुभएको थियो ।
जनप्रतिनिधिहरुले आफु र आप्mना गाउँघरमा देखिएका रोगहरुको बिषयमा कार्यक्रममा छलफल गरेका थिए । कार्यक्रममा दुहबी नगरपालिकाका जनप्रतिनिधिहरुकोको सहभागिता रहेको थियो ।