१ श्रवाण, इलाम । इलाममा एकै दिनमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुने सवै इलाम नगरपालिकाका हुन् ।
इलाम नगरपालिका–८ का एक जना, इलाम नगरपालिका १० का तीन जना र इलाम नगरपालिका ७ का २ जनामा कोरोनाको पुष्टि भएको इलाम अस्पतालका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिनुभयो ।
कोरोना पुष्टि हुने सवै ४० वर्ष मुनी उमेर समुहका रहेका पुरुषहरु रहेको जनाइएको छ । जिल्ला समन्वय समितिकाको क्वारेन्टाइनमा बसेकाहरुलाई कोरोना पुष्टि भएको हो ।
संक्रमित ५ जना कुवेत, साउदी, कतार, गृष तथा भारतबाट केही समय अगाडी नेपाल आएका थिए । त्यसैगरी इक जना संक्रमित भने उक्त क्वारेन्टाइनको सुरक्षार्थ खटिएका नेपाली सेनाका जवानमा रहेको जनाईएको छ ।
उनीहरुको गत २८ गते स्वाब परिक्षणको लागि पठाइएको थियो । कोरोना पुष्टि भएकाहरुलाई मोरङ्गको गोठगाउँ कोरोना अस्पतालमा पठाई सकेको इलाम नगरपालिकाले जानकारी दिएको छ ।
इलाममा यसअघि १६ जनामा कोरोना पुष्टि भएको थियो भने १० जना निको भएर फर्किसकेका छन् ।