ओली र दाहाल आ–आफ्नो अडानमा टसमसः भोलीका लागि बैठक डाकियो

ओली र दाहाल आ–आफ्नो अडानमा टसमसः भोलीका लागि बैठक डाकियो

१ श्रवाण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद समाधानको लागि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पटक पटक भएका भेटवार्ताले विवाद हल गर्ने ठोस सहमति निकाल्न सकेको छैन् । गत असार १० गतेदेखि सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यहरुले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग गरेपछि विवाद चुलिएको हो ।

तर, ओलीले आफूले दुवै पदबाट कुनैपनि हालतमा राजीनामा नदिने अडान लिएका छन् । दुई अध्यक्षबीच सहमति खोजिने प्रयासमा स्थायी कमिटीको बैठक नै प्रभावित भएको छ ।

ओली र दाहालबीच धेरैपटक एक्लाएक्लै भेटवार्ता भएका छन् । तर, दुवै जना आफ्नो अडानबाट टसमस नभएपछि भेटवार्ताले विवाद समाधानको लागि कुनै बाटो तय गर्न सकेको छैन् ।

स्थायी कमिटीको बैठक सुचारु गरेर अघि बढ्न दाहाललाई बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले दबाब दिएका छन् । पार्टीको निर्णय ओलीले मानेर अघि बढ्नुपर्ने भन्दै अर्का सचिवालय सदस्य रामबहादुर थापाले पनि दाहाललाई साथ दिएका छन् ।

ओलीलाई राजीनामा दिन दाहाल–नेपालको आग्रह, बालुवाटारको भेटवार्ता सम्पन्नः

सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर तत्काल प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता अध्यक्ष दाहाल र नेता नेपालले ओलीलाई राजीनामा दिन आग्रह गरेका हुन् ।

गत असार १० गतेदेखि सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालसहित बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, वरिष्ठ उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । तर, ओलीले सुरुदेखि नै आफूले दुवै पदबाट राजीनामा नदिने अडान लिँदै आएका छन् ।

सहमति खोज्ने भन्दै नेकपाको स्थायी कमिटीको बैठक पटक पटक स्थगित हुँदै आएको छ । स्थायी कमिटीको बैठक भोलि विहान ११ बजे बस्ने भनिएको छ ।

बैठकको पूर्वसन्ध्यामा सहमतिको लागि भन्दै दाहाल र नेपाल आज बालुवाटार गएका हुन् । तर, ओलीले राजीनामा नदिने अडान राखेपछि सहमति हुन नसकेको दाहालनिकट एक नेताले जानकारी दिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर