३१ असार, काठमाण्डौँ । देशभरीका ७५३ स्थानिय तहमध्ये ६० प्रतिशतभन्दा बढी स्थानीय तहहरूले निर्धारित समयमा बजेट प्रस्तुत गर्न असफल भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेको हालको तथ्याङक अनुसार असार मसान्तसम्म बजेट ल्याउने स्थानीय तह ४० प्रतिशत भन्दा कम छन् ।
मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार ४ सय ५२ वटा स्थानीय तहले अझैसम्म बजेट प्रस्तुत गर्न नै सकेका छैनन् । जबकि १० असारभित्रै सबै स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने थियो । पारित गरिसक्नुपर्ने असारमसान्तसम्म पनि उनीहरूले बजेट पेस गर्न नसकेको मन्त्रालयले जनाएको छ ।
प्रदेश–१ का १३७ मध्ये ८४, प्रदेश–२ का १३६ मध्ये १०९, बागमतीका ११९ मध्ये ६७, गण्डकीको प्रदेश–५ का १०९ मध्ये ४८, कर्णालीका ७९ मध्ये ५० र सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ५६ वटा स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् ।