३० असार, झापा । हात्ती धपाउन जडान गरिएको विद्युतीय धरापमा परी झापा एक जनाको मृत्यु भएको छ । आफ्नै खेतमा जडान गरिएको विद्युतीय धरापमा परी झापा मेचीनगर नगरपालिका–९ का ६४ वर्षीय बद्रीप्रसाद थपलियाको मृत्यु भएको हो ।
थपलियाले जङ्गली हात्तीलाई धपाउन खेतमा नाङ्गो विद्युतीय तार राखेका थिए । सोमबार बेलुकी ५ः ४५ बजे थपलिया खेतमा पानी लगाउन जादा नाङ्गो तारबाट करेन्ट लागि उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवत्ता प्रहरी नावय निरिक्षक शैलेश थापाले बताउनुभयो ।
मेचीनगरमा स्थानीयले जङ्गली हात्तीबाट बच्न आफ्ना खेतमा विद्युतीय धराप थाप्ने गरेका छन् । यस धरापमा परी बर्सेनि स्थानीयको ज्यान जाने गरेको छ ।
हात्ती समस्या समाधानका लागि स्थायी समाधान नहुदा घरेलु उपायबाट स्थानीयको ज्यानै जाने गरेको छ ।