२९ असार, झापा । खोलाले बगाएर झापामा आज थप एक जनाको मृत्यु भएको छ । केही दिनयताको बर्षासंगै आएको बाढीका कारण कचनकवल गाउँपालिका ३ का ३५ बर्षीय किलु टुडुको मृत्यु भएको हो ।
आज दिउसो १२ बजे घर नजिकै रहेको खहरे खोला छेउमा हिडिरहेका टुडु एक्कासी लडेर खोलामा झरेका थिए । उनलाई सोही खोलाले बगाएर २०० मिटर तल पुरयाएको थियो । उनको शव फेला परेपछि प्रहरी चौकी पथरीयामा स्थानीयले जानकारी गराएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यस अघि हिजो विरिङ खोलाले बगाएर झापाको झापा गाउँपालिकामा एक जनाको मृत्यु भएको थियो भने र मेची र रतुवा खोलाले बगाउँदा दुई जना अझै हराइरहेका छन् ।