नेपालमा कोरोना संक्रमित संख्या १६ हजार ९ सय ४५ पुग्यो, आज १४४ थपिए

नेपालमा कोरोना संक्रमित संख्या १६ हजार ९ सय ४५ पुग्यो, आज १४४ थपिए

२९ असार, काठमाण्डौँ । देशमा आज १४४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिनुभएको हो ।

यस्तै हालसम्म १० हजार २ सय ९४ जना कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर घर फर्केका छन् । देशमा ६ हजार ६ सय १३ जना उपचाररत छन् । हालसम्म कोरोना संक्रमणबाट ३८ जनाको मृत्यु भएको छ ।

पुर्वका धनकुटा, भोजपुर, सोलुखुम्बु, हुम्ला, मनाङ र मुस्ताङ जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रवक्ता गौतमका अनुसार आज काठमाडौं उपत्यकामा ९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका ३, भक्तपुरका १ र ललितपुरका ५ जना रहेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर