२८ असार, सुनसरी । आज(आईतवार) बिहान सप्तकोशी नदीमा दाउरा निकाल्न गएका १४ वर्षीय बालक बेपत्ता भएका छन् ।
सुनसरीको बराहक्षेत्र–७ घर भएका बालक अनिल बस्नेत गाउँले सहित सप्तकोशी नदीमा दाउरा निकाल्न गएका र अहिले सम्म नभेटिएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी इन्स्पेक्टर पाण्डप कुमार राजवंशीले बताउनुभयो ।
बेपत्ता बालकको गाउँले र प्रहरी टोलीले खोजी गरिरहेको प्रहरीले बताएको छ ।