नेकपा फुटेपनि सत्ता सहकार्य नगर्ने काँग्रेस केन्द्रिय समितिको निर्णय

नेकपा फुटेपनि सत्ता सहकार्य नगर्ने काँग्रेस केन्द्रिय समितिको निर्णय

२२ असार, काठमाण्डौँ । नेपाली काँग्रेसको केन्द्रिय समिति बैठकले सत्तारुढ दल नेकपाभित्रको आन्तरीक कलहमा प्रवेश नगर्ने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दललाई नेकपा र सरकारको विवादमा ल्याईनु लागि निरुपेक्ष भएको धारणा कांग्रेसले अघि सारेको हो ।

आज बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरुले अहिलेको अवस्थामा सरकार परिवर्तन गर्ने वा नगर्ने भन्ने बिषय नेकपाको आन्तरिक बिषय भएको भन्दै यसमा सहभागी हुन नहुने तर्क गरेका थिए ।

केन्द्रिय समिति बैठकबारे जानकारी दिदै प्रवक्ता बिश्वप्रकाश शर्माले काँग्रेसलाई जनताले दिएको म्याण्डेट अनुसार प्रतिपक्षमै रहने स्पष्ट पार्नुभएको हो । अहिले कुनै पनि बाहनामा कांग्रेस सरकारमा सामेल नहुने उहाँको भनाई छ । प्रवक्ता शर्माले नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल र केपी शर्मा ओलीसँग सभापती शेरबहादुर देउवाबिच भेटवार्ता भईरहे पनि ति सबै सत्ता राजनीतिका लागि निरर्थक हुने शर्माले बताउनुभयो ।

कांग्रेस प्रवक्ता शर्माले भन्नुभयो, ‘उहाँहरु आपसमा हल खोज्न नसक्ने र कांग्रेसको टेको टेक्नुपर्ने अवस्थामा उहाँहरु पुग्नु भएको छ जस्तो छ हामीलाई लाग्दैन ।’

त्यस्तो प्रस्ताव आएको क्षणमा नै टिप्पणी गर्ने शर्माले बताउनुभयो । तर जनताले २०७४ को आम चुनावमा दिएको म्याण्डेटअनुसार ५ वर्ष कांग्रेस प्रतिपक्षमा बस्ने उनले प्रष्ट पार्नुभयो । ‘यो वा त्यो अवस्था उत्पन्न भएको अवस्थामा पनि यो कार्यकाल भर सिंहदरबारमा हामी माग राख्न खुट्टा टेकौंला, मन्त्रालय चलाउने गरी टेक्दैनौं ।’उहाँको भनाई छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर