नेकपाका ‘हेभिवेट’ नेताहरुको निशाना राष्ट्रपति माथीः महाभियोग लगाउने सम्मको रणनीति

नेकपाका ‘हेभिवेट’ नेताहरुको निशाना राष्ट्रपति माथीः महाभियोग लगाउने सम्मको रणनीति

२० असार, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीभित्रको एक समुहले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउने सम्मको रणनीति तयार गरेको खुलासा भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन तयार नभएको र ओलीले चालेको कदमलाई धमाधम अनुमोदन गर्न थालेको भन्दै उक्त समुहले महाभियोग लगाउने सम्मको रणनीति तयार गरेको बुझिएको छ ।

प्रचण्ड निवास खुमलटारमा ओलीइतर समुहको बैठक बसी ओलीले चाल्न सक्ने कदमलाई दृष्टिगत गरी महाभियोग सम्म लगाउने रणनीति तयार भएको विश्वस्त स्रोतले जानकारी दिएको छ । ओलीले अध्यादेश ल्याएर दल विभाजन सहज बनाउने तयारी गरेको र त्यसलाई राष्ट्रपति समक्ष पठाएर अनुमोदन गर्न ठिक्क पारेको सुचना पुगेपछि खुमलटारमा आकस्मिक बैठक बसी रणनीति बनाइएको बुझिएको छ ।

संसदको २५ प्रतिशत संख्याले राष्ट्रपतिलाई महाभियोग लगाउन सक्ने संवैधानिक व्यवस्था छ । नेकपाभित्रको विवाद चर्कंदै जाँदा राष्ट्रपति भण्डारीले ओलीलाई साथ दिइरहेको देखिएको छ । ओलीले आजै राष्ट्रपति भण्डारीलाई शितलनिवासमा भेटी मन्त्रीहरुलाई छलफलका लागि बोलाउनुभएको छ ।

उच्च स्रोतका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई नै हटाउने योजनाका साथ दुई बरिष्ठ कानून ब्यवसायीसँग छलफल गर्नुभएको छ । अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता नेपालले नेकपामा बुधवार डा.युवराज संग्रौला र गोबिन्द बन्दीसँग राष्ट्रपति भण्डारीबिरुद्ध महाअभियोग लगाउने बिषयमा छलफल गरी राय माग्नुभएको कुरो खुलासा भएको हो ।

स्रोतका अनुसार प्रचण्ड र माधवले बुधवार गोप्य रुपमा संग्रौला र बन्दीसँग छलफल गरी राष्ट्रपति भण्डारीलाई हटाउनै पर्ने बाध्यता आइलागेकोले महाअभियोग लगाउनेबारे कानूनी आधार माग्नुभएको थियो ।

उहाँहरुको प्रश्नपछि संग्रौलाले महाअभियोग लगाउन सकिने र प्रतिनिधिसभाका सभामुखले साथ दिए यो काम पूरा हुने बताउनुभएको स्रोतको भनाई छ । राष्ट्रपतिबिरुद्ध महाअभियोग लगाउन सकिने संगौलाको सुझावपछि निकै उत्साहित हुनुभएका दुवै नेतालाई अर्का कानून ब्यवसायी गोबिन्द बन्दीले भने त्यसो नगर्न सुझाव दिनुभएको स्रोतको भनाई छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर