१५ असाढ, सुनसरी । सुनसरीको दुहवीमा दुहवी जेसीजले आईतवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ३७ पिन्ट रगत संकलन भएको कार्यक्रमका संयोजक दुहवी जेसीजका उपाध्यक्ष विकाश स्वर्णकारले जानकारी दिनुभयो ।
दुहवी जेसीजकी अध्यक्ष विमला सुवेदी कार्कीको अध्यक्षतामा दुहवी नगरपालिकाको प्राङगणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कोभिड १९ को महामारीको बेला रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी विराटनगर मोरङको समन्वयमा संकलन गरिएको संयोजक स्वर्णकारले बताउनुभयो ।
अहिले विभिन्न अस्पतालहरुमा उपचारार्थ विमारीहरूको लागि रगतको चरम अभाव भएकोले आफूहरुले रक्तदान कार्यक्रमको आयोजना गरेका दुहवी जेसीजकी अध्यक्ष विमला सुवेदी कार्कीले बताउनुभयो । पानी परेको बेलामा समेत स्थानियहरु तथा दुहवी नगरपालिकाका कार्मचारीहरुले रक्तदान गरी सहयोग गरेको अध्यक्ष सुवेदी बताउनुभयो ।