१४ असार, काठमाण्डौँ । नेपालमा सलह किरा प्रवेश गरेको छ । पश्चिम क्षेत्रमा बुटवलमा सलहले बालीमा नोक्सानी समेत पारेको छ । सर्लाहीमा पनि सलह देखिएको छ ।
सलह एक प्रकारको फट्याङ्गरा हो । यसले बालीको पात र फल खान्छ ।
ठूलो क्षेत्र ओगट्ने गरि बाली नाश गर्ने सलहका कारण भोकमरी समेत आउन सक्छ ।
यसलाई नियन्त्रण गर्नु चुनौतीपूर्ण छ । किट वैज्ञानिक नरेश डाँगी स्थानीय तहहरुले मिलेर यसलाई धपाउन सक्ने बताउँनुहुन्छ ।
हावाको दिशा अनुसार उड्ने सहललाई ठूलो आवाज बजाएर र धुवाँ पारेर उडाउन सकिन्छ ।
‘धपाउँदा एक व्यक्तिको खेत बारीबाट उडाए अर्काे व्यक्तिकोमा गएर बस्न सक्छु, डाँगी भन्नुहुन्छ, ‘सबै मिलेर उडाउने हो भने त्यसलाई आकाशबाटै धपाउन सकिन्छ ।’ उहाँ विशादीको विकल्प अन्तिम उपाय भएको बताउँनुहुन्छ । त्यस्तै रातको समय र चिसोमा उड्न नसक्ने भएकाले त्यसलाई जम्मा गरेर कुखरालाई दानाका रुपमा दिन सकिने डाँगीले बताउनुभयो ।
सहल नियन्त्रणका लागि प्रसास सुरुः
नेपालमा देखिएको सलह किराको नियन्त्रणका लागि सरकारले प्रत्येक प्रदेशमा ‘टाक्सफोर्स’ गठन गरिनुको साथै विषादी छर्किनका लागि प्रदेशहरुमा दमकलको व्यवस्थापन गरेको छ । त्यसका साथै सलह किराको गतिविधिको बारेमा प्रत्येक एडभजाइरी राख्ने र त्यसको बारेमा जानकारी गराउन प्रत्येक दिन प्रेस नोट जारी गर्ने तयारी रहेको छ ।
घटनाबारे दैनिक अपडेट गराउन मन्त्रालयले सूचना केन्द्रको स्थापना गरेको छ । त्यसको जिम्मवारी प्लान्ट क्वारेन्टाइनबाट फोकल पर्सनका रुपमा रामकृष्ण सुवेदीलाई राखेको छ । उहाँले प्रदेश सरकारसँग समन्वय गरी सूचना संकलन गरेर त्यसलाई विभिन्न माध्यमबाट प्रवाह गर्ने व्यवस्था मन्त्रालयले मिलाएको छ ।
सलहको ठूलो झुण्ड आयो भने त्यसलाई नियन्त्रण गर्न गृहमन्त्रालयको पनि सहयोग लिने तयारी कृषि मन्त्रालयले गरेको छ र त्यसका लागि छलफल समेत गरेको छ । ‘यदि परिस्थिति जटिल बन्दै गएमा गृहमन्त्रालयको विपद् व्यवस्थापन प्राधिकरणसँग सहयोग लिनुको साथै सुरक्षा निकायको पनि सहयोग लिनुपर्ने हुनसक्छ’ कृषि मन्त्रालयका सचिव राजेन्द्र भारीले भन्नुभयो । त्यसका लागि कृषि मन्त्रालयले आजै गृहमन्त्रालयसँग पनि छलफल गरेको उहाँले जानकारी दिनुभयो ।