नेपालमा कोरोना संक्रमित संख्या ११ हजार ७ सय ५५ पुग्यो, मुत्यु हुनेको संख्या २७ मात्र

नेपालमा कोरोना संक्रमित संख्या ११ हजार ७ सय ५५ पुग्यो, मुत्यु हुनेको संख्या २७ मात्र

१२ असार, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसका संक्रमित सख्या ११ हजार ७ सय ५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ सय ९३ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएकामा ४ सय ८६ पुरुष र १०७ जना महिला छन् । कुल संक्रमितमध्ये १० हजार ५ सय ६ जना पुरुष र १२४९ जना महिला छन् ।

पछिल्लो समय विदेशबाट नेपालीहरु आउने क्रम बढेको र टेष्ट पनि बढेकोले संक्रमित वृद्धि भएको छ । अहिलेसम्म ७६ जिल्लामा संक्रमित भेटिएका छन् । अब एक जिल्ला रसुवामा मात्र कोरोना संक्रमित पत्ता लागेकोे छैन । हालसम्म कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २७ जना पुगेको छ ।

आज मोरङ, झापा, सुनसरी, धनुषा, महोत्तरी, सिरहा, अझाम, बैतडी, बझाङ, बाजुरा, बारा, दार्चुला, गोरखा, कैलाली, कञ्चनपुर, कपिलबस्तु, रौतहट, सल्यान, नवलपरासी, पूर्व, काठमाडौं, सिन्धुली, कास्की, लमजुङ, बागलुङ, तनहुँ, स्यांजा, अर्घाखाँची, गुल्मी, पाल्पा, रुपन्देही, दाङ, प्युठानलगायतका जिल्लामा गरी ५९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ३४ गरी आजसम्म २ लाख ६ हजार २ सय ७१ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट आजसम्म २ लाख ९० हजार ३ सय ४९ जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ७१ हजार १२ जना रहेका छन् । देशभरीका विभिन्न अस्पतालमा ९ हजार ३० जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर