चौरजहारी घटनाः वडाअध्यक्षसहित २३ जनालाई पूर्पक्षका लागि अदालतले थुनामा पठायो

चौरजहारी घटनाः वडाअध्यक्षसहित २३ जनालाई पूर्पक्षका लागि अदालतले थुनामा पठायो

११ असार, काठमाण्डौँ । रुकुम पश्चिम अदालतले चौरजहारी हत्याकाण्मा वडाध्यक्षसहित २३ जनालाई थुनामा पठाएको छ । रुकुमपश्चिम जिल्ला अदालतले आज (बुधबार) चौरजहारी नगरपालिका वडा नं ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । कुल ३४ जना प्रतिवादी मध्ये ५ जना फरार रहेका छन् ।

केटीकी आमालाई भने १ लाख धरौटीमा छोड्न आदेश दिएको छ । त्यस्तै इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई भने साधारण ताखेरमा छोड्न जिल्ला अदालतले आदेश दिएको छ ।

असार ५ गतेदेखि सुरु भएको थुनछेक बहस बुधबार सकिएको हो । पाँच जना सरकारी वकिल र जाहेरीवालाको तर्फबाट ३ जना वरिष्ठ अधिबक्तासहित २० जनाले बहस गरेका थिए ।

यसअघि असार १ गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं ८ सोती गाउँकी १७ वर्षीया किशोरी र उनका भाईलाई नाबालक भएको हुँदा तत्कालका लागि सुधार गृहमा पठाउन अदालतले आदेश दिएको थियो ।

जेष्ठ १० गते जाजरकोटका ५ र रुकुम पश्चिमका १ सहित ६ जनाको ज्यान जानेगरी भएको काण्डमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ सोती गाउँका वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटी, उनका बाबु आमासहित ३४ जना विरुद्ध ज्यान मार्ने उद्योग, कतव्र्य ज्यान र छुवाछुत विरुद्धको कसुरमा अदालतमा मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर