झापामा कुवेतबाट फर्किएका सात जना महिलामा कोरोना पुष्टि

झापामा कुवेतबाट फर्किएका सात जना महिलामा कोरोना पुष्टि

९ असार, झापा । झापामा कुवेतबाट फर्किएका सात जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार झापामा आज संक्रमण पुष्टि भएका १२ जना मध्ये सरकारले कुवेतबाट उद्दार गरी ल्याएका ७ जना महिलामा कोरोना संक्रमण देखिएको हो ।

एक जना महिला भने भारतको आसामबाट आएकी हुन् । उनीहरु सबै जना आ–आफ्नो स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा बस्दै आएका थिए ।

संक्रमित हुनेमा झापाको मेचीनगरका ३ जना महिला र बुद्धशान्ति नगरपालिकाका ३ जना महिला र ३ जना पुरुष, हल्दीबारीका २ जना महिला र कचनकवल गाउँपालिकाका १ जना पुरुष छन् । ती मध्ये मेची नगरकी एक महिला र चार पुरुष भारतबाट आएकाहरु हुन् ।

यस संगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हजार संक्रमित नाघेको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ५ सय ३८ सक्रमित थपिएसँगै कुल संक्रमित १० हजार ९९ पुगेको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार आज थपिएकामा ९० महिला र ४ सय ४८ पुरुष छन् । यसरी कुल संक्रमितमध्ये ९ सय ८४ महिला र ९ हजार एक सय १५ पुरुष छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर