तस्विरमा हेर्नुहोस नेपालबाट देखिएको सूर्य ग्रहण (फोटो फिचर)

तस्विरमा हेर्नुहोस नेपालबाट देखिएको सूर्य ग्रहण (फोटो फिचर)


७ असार, काठमाण्डौँ । सूर्य ग्रहण लागेको छ । यो ग्रहण वलय (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास (केही भाग) मात्र देखिएको छ । नेपालमा बिहान १०ः ५५ देखि सुरू भएको ग्रहण अपराह्न २ः २४ बजे समाप्त हुने छ ।

शास्त्रीय मान्यताअनुसार शनिबार राति १०ः५० देखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ ।
ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरीमा र यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

३ घण्टा ३३ मिनेट अवधिको देखिने ग्रहण विश्वका विभिन्न मुलुकबाट सूर्यग्रहण देख्न सकिने छ भने नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्रै देखिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

काठमाडौं उपत्यकाबाट ८८ प्रतिशत सम्म सूर्य ढाकिएको देखिने र नेपालको पश्चिमी भूभाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशत सूर्य ढाकिएको देख्न सकिने खगोलविद्हरुले बताएका छन् ।

सूर्यग्रहण खाली आँखाबाट अथवा टेलिस्कोपको प्रयोग गरेर समेत अवलोकन गर्न हुँदैन् । ग्रहण लागेको बेलामा हिमाल आरोहणमा प्रयोग गरिने विशेष खालको चस्माबाट मात्र अवलोकन गर्न सकिने छ ।

धार्मिक मान्यता अनुसार सूर्यग्रहण मेष राशि, सिंह राशि, कन्या राशि र मकर राशि भएका मानिसहरुले हेर्न सकने छन भने अन्य राशि भएकाले हेर्दा अशुभ हुने छ । तर खगोलविद्हरुले भने सूर्यग्रहण कसैले पनि सिधा हेर्न नहुने र सुरक्षित तरिका अपनाएर हेर्न हुने बताउँछन् । ।

प्रतिक्रिया:

सम्बन्धित खवर