६ असार, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ ।
विहान ९ बजेदेखि सुरु भएको बैठकमा एमसीसीको विषयमा विशेष छलफल भईरहेको स्रोतले बताएको छ ।
केही समय यता नेकपाभित्र एमसीसीलाई लिएर विवाद निकै चर्किएको छ ।
अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलसँग मिलेर एमसीसी सदनबाट पारित गराउन लागि पर्नुभएको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ यसको विपक्षमा हुनुहुन्छ ।
यही विषयलाई टुंगो लगाउनको लागि असार १० गतेलाई स्थायी कमिटी बैठकसमेत बोलाईएको छ ।